६ देशलाई आईसीसी डेभलपमेन्ट अवार्ड, नेपाललाई डिजिटल फ्यान इन्गेजमेन्ट इनिसियटिभ अवार्ड
थानकोट ।
विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले नेपालसहित ६ देशलाई आईसीसी डेभलपमेन्ट अवार्ड-२०२३ प्रदान गरेको छ ।
आईसीसीका एसोसियट देश मध्ये २१ देशबाट विभिन्न विधामा ६ देश छनौट गरिएको आईसीसीले जनाएको छ ।
ग्लोबल आईसीसी डेभलपमेन्ट अवार्ड जित्ने देशमा नेपालसहित मेक्सिको, ओमान, नेदरल्याण्ड्स, युएई र स्कटल्याण्ड रहेका छन् ।
जसमा मेक्सिकोले आइसीसी डेभलपमेन्ट इनिसियटिभ अफ द इयर अवार्ड जितेको छ भने ओमानले १०० प्रतिशत क्रिकेट फिमेल क्रिकेट इनिसियटिभ अफ द इयर अवार्ड जितेको छ ।
त्यस्तै नेदरल्याण्डसले आईसीसी एसोसियटस मेम्बर म्यान्स परफरमेन्स अफ द इयर अवार्ड जितेको छ भने युएईले आइसीसी एसोसियटस मेम्बर वुमन्स परफरमेन्स अफ द इयर अवार्ड जितेको छ ।
त्यस्तै नेपालले डिजिटल फ्यान इन्गेजमेन्ट इनिसियटिभ अवार्ड जितेको छ भने स्कटल्याण्डले क्रिकेट फर गुड इनिसियटिभ इम्प्याक्ट अफ द इयर अवार्ड जितेको छ ।














