एसिसी महिला एसिया कप- युएईविरुद्ध नेपाल पहिले बलिङ गर्दै

Thankot Times

थानकोट ।

श्रीलंकामा शुक्रबारबाट सुरु भएको एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत अहिले संयुक्त अरब इमिरेट्स (युएई) र नेपाल बीच खेल भइरहेको छ । 

श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा नेपाली समयानुसार दिउँसो २ः१५ बजेदेखि सुरु खेलमा नेपालले टस जितेसँगै पहिले बलिङ गरिरहेको छ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा पाकिस्तान र भारत छन् । यी २ बीचको खेल साँझ हुनेछ ।

समूह ‘बी’ मा बङ्गलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड छन् ।

नेपाली टोली : १ रुबिना क्षेत्री, २ सीता रानामगर, ३ इन्दू वर्मा (कप्तान), ४ कविता कुँवर, ५ कविता जोशी, ६ पूजा महतो, ७ विन्दू रावल, ८ सम्झना खड्का, ९ काजल श्रेष्ठ (विकेटकिपर), १० कृतिका मरासिनी, ११ सबनम राई


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ