घट्यो सुनचाँदीको मुल्य

Thankot Times

थानकोट ।

आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

आइतबार सुन तोलाको १ हजार ३ सय रूपैयाँले घटेर एक लाख ४६ हजार २ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ५ सय रूपैयाँ रहेको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।

चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १ हजार ८ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *