नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

Thankot Times

थानकोट ।

आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिर छ ।

अघिल्लो कारोबार दिन हिजो सोमबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस्तै आज मंगलबार तेजाबी सुनको मूल्य पनि हिजो सोमबारकै कायम हुँदा तोलाको १ लाख ४५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज मंगलबार चाँदीको मूल्य हिजो सोमबारको मूल्य नै कायम रहेको छ । 

आज चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *