नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

Thankot Times

थानकोट ।

आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

बुधबार सुन तोलामा ११ सयले बढेर तोलाको एक लाख ४७ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ३ सय रहेको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ८ सय ५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *