सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

बुधबार सुन तोलाको १ हजार ८ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार रहेको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदी आज प्रतितोला ४० रुपियाँले बढेर तोलाको १ हजार ७ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *