सुन चाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

Thankot Times

थानकोट ।

आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

बिहीबार सुनको मूल्य तोलामा १ हजार ६ सयले बढेर एक लाख ४९ हजार ४ सय रूपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ८ सय रूपैयाँ रहेको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपियाँले बढेर तोलाको १ हजार ८ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *