एमालेमा जिम्मेवारी हेरफेर, काठमाडाैं १० को इन्चार्जमा सुरेन्द्र मानन्धर, स्वास्थ्य विभागमा कृष्णगोपाल श्रेष्ठ
थानकोट ।
नेकपा एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर भएको छ। बिहीबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्जहरुसमेत हेरफेर गरेको हो।
बागमतीमा राजन भट्टराईले इन्चार्जको जिम्मेवारी पाएका छन् ।
बागमती प्रदेशका इन्चार्ज गुरुप्रसाद बराल बढुवा भएर उपाध्यक्ष मनोनीत भएकाले इन्चार्जको जिम्मेवारी भट्टराईले पाएका छन् ।
नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागमा काठमाडाैं क्षेत्र नं. ९ का सांसद् कृष्णगोपाल श्रेष्ठले जिम्मेवारी पाउँदा श्रमिक नेता विनोद श्रेष्ठले मजदुर फाँटको इन्चार्जको जिम्मेवारी पाएका छन् ।
काठमाडाैं क्षेत्र नं. १० को इन्चार्जमा डा. सुरेन्द्र मानन्धरले जिम्मेवारी पाएका छन् ।
नेकपा एमालेमा कसले पाए कुन जिम्मेवारी ? सूची हेराैं










