सतुङ्गलका २९ वर्षीय युवा धुलिखेलस्थित एक रिसोर्टमा मृत भेटिए, अनुसन्धान जारी

Thankot Times

थानकोट ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा रहेको हिमालयन दृश्य रिसोर्टमा शुक्रबार करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ।

शुक्रबार बेलुकी पौडी खेलिरहेका २९ वर्षीय डेनिस प्रधान स्वीमीङ पुलमै मृत भेटिएका हुन् ।

रिसोर्टको स्वीमीङ पुलमा करेन्ट सट हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ । प्रधान साथीहरूसहित धुलिखेल घुम्न पुगेका थिए  ।

होटलको लापरबाहीको कारण मृत्यु भएको पीडितको दाबी छ। अहिले होटलमा पीडित पक्षसँग छलफल जारी रहेको डीएसपी रविन बिष्टले जानकारी दिए।

मृतक प्रधान सतुङ्गलका स्थानीय हुन् ।

घटनास्थलमा चन्द्रागिरि वडा नं. ११ का वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठपनि पुगेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ