आईसीसी क्रिकेट विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्सको सामना गर्दै

Thankot Times

थानकोट ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । नेदरल्यान्ड्समा भइरहेको शृङ्खलाको यो अन्तिम खेल हो ।

यसअघि लगातार तीन खेलमा पराजित भएको नेपाल आज जीत निकाल्दै शृङ्खलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ ।

नेपाल यसअघिका पहिलो खेलमा नामिबियासँग ८ विकेट र अर्को खेलमा ३ रनले पराजित भएको थियो । त्यस्तै आयोजक टोली नेदरल्यान्ड्ससँग नेपाल ६ विकेटले पराजित भएको थियो ।

लगातार तेस्रो हारसँगै लिग–२ को शीर्ष चारमा रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निक्कै कठिन भएको छ ।

आठ टोली सहभागी लिग–२ मा हरेक टोलीले ३६ खेल खेल्नेछन् ।

शीर्ष चार टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुनेछन् भने एकदिवसीय मान्यता जोगाउन शीर्ष ६ स्थानभित्र रहनुपर्ने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ