सुनचाँदीको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

बुधबार सुन तोलाको १४ सयले घटेर तोलाको एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ७ सय पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ घटेर १ हजार ७ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *