आज सुनचाँदीको मूल्य कति छ ?
थानकाेट ।
आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
बिहीबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ४६ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि बुधबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३ सय पुगेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ ।
चाँदी आज प्रतितोला १२ रुपियाँ घटेर १ हजार ६ सय ९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।














