सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढ्यो
थानकोट ।
नेपाली बजारमा आज आइतबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यसअघि अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ कायम रहेको थियो ।
यस्तै आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १ हजार ७ सय २० रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको भाउ प्रतितोला १ हजार ७ सय ३० रुपैयाँ कायम रहेको थियो ।














