नेपाली बजारमा सुनको मूल्य घट्याे

Thankot Times

थानकोट ।

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन २४ क्यारेट (छापावाल) सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ ।

चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *