चन्द्रागिरि हिल्स र नेपाल फाइनान्सको शेयरमा झुम्मिए लगानीकर्ता
थानकोट ।
यो सातादेखि घटिरहेको नेप्से आज बुधबार पनि कारोबारको अन्तिम समयमा घटेर बन्द भएको छ ।
२९००को विन्दुमा पछ्याईरहेका लगानीकर्तालाई यो साता खुलेको शेयर बजारले नै निरुसाहित बनाइरहेको छ।
आज चन्द्रागिरि हिल्स र नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, हिमालयन रि, अपी पावर, हाईड्रो इलेक्टेसिटि, अरुण भ्याली, सानिमा माई, निफ्रा, हिमाल दोलखा र शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ।
आज ३२६ कम्पनीको तीन करोड ५० लाख ७ जार ३९ कित्ता शेयर एक लाख ६८ हजार १७५ पटक खरिदबिक्री हुँदा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३९३ बराबरको कारोबार भएको छ ।
आज लिबर्टी इनर्जी कम्पनी लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै गुमाउनेमा कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ६. ८८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्स लिमिटेडको ४३ करोड ७ लाख ८६ हजार नौ सय बराबरको शेयर किनबेच भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा हाइड्रोइलेक्ट्रिस सिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको १० लाख ६० हजार २८४ कित्ता शेयर खरिदबिक्री भएको छ ।














