तीज नजिकिँदै गर्दा सुनको मूल्यले नयाँ उचाइ लियो
थानकोट ।
कारोबार हुने साताको पाँचाै दिन बिहीबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ ।
एकपछि अर्को नयाँ उचाइ बनाउँदै आएको छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको हो ।
महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य पनि कीर्तिमानी मूल्य भएकोमा बिहीबार पनि थप बढ्दै नयाँ रेकर्ड कायम भएको हो ।
यस्तै चाँदीको मूल्य भने घटेको छ ।
बुधबार तोलामा १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ ।














