सुनचाँदीको मूल्य घट्यो
थानकोट ।
कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेर एक लाख ५२ हजार एक सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि शुक्रबार सुनको मूल्य तोलामा अहिलेसम्मकै उच्च १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।
आज आइतबार चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेर १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














