सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Thankot Times

थानकोट ।

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा एक सय रुपैयाँले बढेको हो ।

यस अघि आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२  हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *