सुनचाँदीको मूल्य बढ्यो
थानकोट ।
नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो ।
यस अघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।














