आयल निगमलाई सिठ्ठी जुलुससहित ज्ञापन पत्र

Thankot Times

थानकोट ।

पेट्रोलियम पदार्थमा लगातार मूल्य वृद्धि भएको भन्दै चन्द्रागिरि नगर स्तरीय संयुक्त राजनीतिक दलिय गठबन्धनले बुधबार बिहान थानकोट स्थित नेपाल आयल निगमको डिपोमा सिठ्ठी जुलुस सहित ज्ञापन पत्र बुझाएको छ । चन्द्रागिरि नगरपालिका ३ स्थित निगमको डिपोमा धर्ना समेतको कार्यक्रम तय भएपछि उल्लेख्य संख्यामा सुरक्षाकर्मी समेत परिचालित गरिएको थियो ।

ज्ञापन पत्र बुझाउने क्रममा विभिन्न राजनीतिक दलका स्थानीय नेताका साथै सर्वसाधारण समेतको बाक्लो उपस्थिति रहेको थियो ।

सबै तस्बिरहरू सामाजिक सञ्जालबाट साभार 


Leave a Reply

Your email address will not be published. Required fields are marked *