कांग्रेसद्वारा अव्यवस्थित बसोबास समन्वय विभागमा १० सदस्य मनोनयन

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभागको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गरेको छ ।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य  नृपबहादुर वड प्रमुख रहेको भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका हुन् ।

मनोनयनमा पर्नेहरूमा राजकुमार पाण्डे (काठमाडौँ),  ज्ञानबहादुर शाही (जाजरकोट), देवकीदेवी सिंह (डडेलधुरा), कल्पना श्रेष्ठ (भक्तपुर), श्यामकृष्ण महर्जन (काठमाडौँ), सरिता बिसी (रुकुम पूर्व), विजयजंग बस्नेत (मोरङ), प्रेमबहादुर विक (नवलपरासी), सञ्जिव पुडासैनी (गोरखा) र सपुतबहादुर कार्की (रौतहट) रहेको पार्टी मूख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *