चर्चामा आशमाया गोपालीले ६७ वर्षअघिको दशैंमा थानकोटमा पिङ खेल्न पालो कुरेको तस्बिर

थानकोट ।
Photo Museum Nepal ले केही वर्षअघि (२०७८ चैत्र पहिलो साता) थानकोटमा आयोजना गरेको पुरानो चन्द्रागिरि फोटो प्रदर्शनीमा केही किशोरीहरू पिङ खेलिरहेको फोटो पनि समावेश भएको थियो ।

विलियम मोरिसले सन् १९५९ (वि.संं २०१६) को दशैंमा थानकोट क्षेत्रमा खिच्नुभएको तस्बिरमा पिङ खेल्ने मध्येकी एक जना आशमाया गोपाली भएको पहिचान भएपछि उहाँलाई उक्त तस्बिर उपहार दिन उहाँको अनुमतिमा सोही साल चैत्र २३ गते बुधबार हामी बिहानै उहाँको घरमा पुगेका थियाैं ।

वि.संं २००० सालमा थानकोटमै जन्मुनभएकी आशमायाका अनुसार उहाँले आफ्नो आमाले हातले बुनिदिएको कपडाका कारण आफुलाई पुरानो फोटोमा पहिचान गर्न सकेको बताउनुभएको थियो (दायाँबाट पहिलो किशोरी) । आफु १६ वर्षको हुँदा कसैले खिचिदिएको फोटो हेर्दै आशमायाले पिङ खेल्न त्यो बेला थानकोटका विभिन्न क्षेत्रमा पुग्ने गरेको अनुभव बताउनुभयो । “मैले त्यो बेला टोलका समान उमेरका केटा साथीहरूसँग गुच्चा समेत खेल्ने गरेको थिएँ” आशमायाले स्मरण गर्नुभयो ।
नातिनातिना भइसकेका आशमायालाई हामीले त्यो बेला र अहिलेको दशैंमा कति अन्तर आयो होला भनेर सोध्दा उहाँले हाँस्दै भन्नुभयो हामीलाई दशैंको बेलामा घरमा नबसेको, साथीहरूसँग बाहिर बरालिएको भनेर बा आमाले कराउनुहुन्थ्यो, म जेठी छोरी भएको हुँदा कुट्नु चाँही हुन्नथ्यो । अहिलेका बच्चाहरू मोबाइलमा घोप्टो परेपछि बोलाएको पनि सुन्दैनन्, पिङ, चंगा, गुच्चा भन्ने बिर्सेलान् जस्तो लाग्छ । जमाना कस्तो थियो ।
हामीलाई कति दुःख थियो, पानी बोक्न कहाँ कहाँसम्म पुग्न पर्थ्यो, अहिले भान्छा मै पानी आउँछ र पनि छोरी बुहारीले दुःख भयो भनेको सुन्दा म अच्चम मान्छु । अहिलेका छोरी बुहारीलाई कम्मरमा पानी बोक्न समेत आउँदैन् …. ।

आशमायालाई ६२ वर्षअघिको फोटो, “अहिलेका छोरी बुहारीलाई कम्मरमा गाग्री बोक्न समेत आउँदैन….”


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ