नेकपा एसको पोलिटब्युरो बैठक बस्दै
थानकोट ।
नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो समितिको बैठक आज बस्दैछ ।
बिहान ७ बजे देखी पोलिटब्युरो समितिको बैठक बस्न लागेको हो ।
हिजो बसेको स्थायी कमिटी बैठकले ७ वटा प्रस्ताव पारित गरेका तथा आजको बैठकका लागि अजेन्डा तय गरेको थियो ।
जसअनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ भने बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको विवरणात्मक समिक्षा, तात्कालिक कार्ययोजना, अध्यादेश सम्बन्धमा र प्रकृति लम्साल मृत्यु प्रकरणसहित समसमायिक प्रस्ताव पारित गरेको थियो ।
सरकारले हालै ल्याएको ६ वटा अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको नेकपा एसले पोलिटब्युरो समितिको बैठकमा नेताहरूको धारणा माग्ने जनाइएको छ ।














