नेकपा एमालेले बोलायो सचिवालय बैठक

Thankot Times

थानकोट ।

नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।

फागुन १८ गते पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने तय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

 “पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी छ,” उनले भने । 

एमाले जरा अभियान सञ्चालन गरिरहेको छ । मिसन ०८४ केन्द्रित गरी अभियान चलाइएको नेताहरू बताउँछन् ।

त्यस्तै, सरकारले ल्याएको ६ वटा अध्यादेश अलपत्र छ । माघ १८ गतेको प्रतिनिधिसभा बैठकमा ६ वटा अध्यादेश पेस भएको थियो । यिनै विषयमा एमालेले छलफल गर्न लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *