यसवर्षको एसइईमा चन्द्रागिरिका १७ सामुदायिक विद्यालयबाट ८२५ जना परीक्षार्थी सहभागी हुँदै
थानकोट ।
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चन्द्रागिरि नगरपालिका क्षेत्रका दुई हजार २६१ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।
नगर क्षेत्रमा सञ्चालनमा रहेका ५४ वटा सामुदायिक तथा संस्थागत विद्यालयका सो संख्याका विद्यार्थी अगामी चैत ७ गतेदेखि चैत्र १९ गतेसम्म जारी रहने परीक्षामा सहभागी हुने भएका हुन् ।
चन्द्रागिरि नगरको शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार सो परीक्षामा नगर क्षेत्रका एक हजार एक सय ७९ जना छात्र तथा एक हजार ८२ जना छात्रा सहभागी हुनेछन् ।
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालनका लागि चन्द्रागिरि नगर क्षेत्रमा पाँच वटा परीक्षा केन्द्र निर्धारण गरिएका छन् । जसमा विद्यामन्दिर मावि पुरानो नैकाप, विष्णुदेवी शिक्षा सदन मावि सतुङ्गल, रिब्स मावि महादेवस्थान, प्रभात मावि महादेवस्थान र मंगलोदय मावि थानकोट रहेका छन् ।
यसवर्षको एसइईमा चन्द्रागिरि नगरका ५४ विद्यालयबाट २२६१ परीक्षार्थी सहभागी हुँदै
गतवर्ष पनि यी पाँच विद्यालयमा एसइई परीक्षा केन्द्र तोकिएका थिए । चन्द्रागिरि नगर क्षेत्रका केही विद्यालयको परीक्षा केन्द्र भने छिमेककी स्थानीय तहका विद्यालयमा तोकिएको छ ।
चन्द्रागिरि नगरका १७ सामुदायिक विद्यालयका ८२५ जना विद्यार्थी यस वर्ष एसइईमा सम्मिलित हुँदैछन् । जसमध्ये सबैभन्दा धेरै मंगलोदय माविका रहेका छन् । जहाँका १२३ जना विद्यार्थी सो परिक्षामा सहभागी हुने बताइएको छ ।
चन्द्रागिरि नगरका कुन सामुदायिक विद्यालयका कति परिक्षार्थी यसपटक एसइई परीक्षामा सहभागी हुँदैछन् ? सूची हेराैं (वर्णानुक्रम अनुसार)
- बलम्बु माविः ५६ छात्रा र ३४ छात्र,
- भैरवनाथ माविः ४ छात्रा र ३ छात्र,
- भीम माविः २१ छात्रा र १८ छात्र,
- विष्णुदेवी माविः २५ छात्रा र १४ छात्र,
- विष्णुदेवी शिक्षा सदन माविः ४० छात्रा र ३१ छात्र,
- चण्डी भैरव माविः १ छात्रा र १४ छात्र,
- चण्डिकादेवी माविः १७ छात्रा र १० छात्र,
- चुनदेवी माविः १९ छात्रा र २० छात्र,
- जन विकास माविः २९ छात्रा र २७ छात्र,
- जनकल्याण माविः १२ छात्रा र १८ छात्र,
- कंकाली माविः ३९ छात्रा र ३६ छात्र,
- मंगल माविः १२ छात्रा र १५ छात्र,
- मंगलोदय माविः ८१ छात्रा र ४२ छात्र,
- नारायणजन माविः ११ छात्रा र १३ छात्र,
- प्रभात माविः ४१ छात्रा र ३२ छात्र,
- श्रीकृष्ण माविः २४ छात्रा र १७ छात्र,
- विद्यामन्दिर माविः २७ छात्रा र २२ छात्र
फाइल फोटो
















