बागमती प्रदेश सभा बैठक चैत्र १९ मा बस्ने

Thankot Times

थानकोट ।

बागमती प्रदेशसभाको बैठक चैत १९ गते बस्ने भएको छ ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले संसद् बैठक चैत्र १९ गते दिउँसो १ बजेका लागि बोलाएका हुन् ।

उक्त बैठकमा संसदमा संशोधनका लागि प्राप्त ४ विधेयकलाई पारित गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए ।

संसदीय समितिमा विचाराधीन रहेको संशोधन विधेयकका प्रतिवेदन पेस गरी पारित गर्नुपर्ने भएकाले संसद् बैठक आह्वान गरिएको उनले बताए ।

यसअघि प्रदेशसभाको गत माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशन अन्तर्गत माघ २३ मा २ बैठक, २४ मा एक बैठक र २६ मा २ वटा बैठकहरू सञ्चालन भएका थिए ।

सो पश्चात् अनिश्चितकालका लागि स्थगित भएको बैठक २ महिनापछि चैत्र १९ का लागि आह्वान गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *