साढे ५ हजार वडामा अधिवेशन सकिएको शेरबहादुर देउवा पक्षको दाबी

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको देउवा पक्षले छुट्टै आयोजना गर्न लागेको १५औँ महाधिवेशनअन्तर्गत हालसम्म ५ हजार ५०० वडामा अधिवेशन सम्पन्न गरेको दाबी गरेको छ ।

सो समूहको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता एगराज पोखरेलले हालसम्म उक्त संख्यामा वडा अधिवेशन सम्पन्न भएको जानकारी दिएका हुन् ।

उनका अनुसार २१ जिल्लामा जिल्ला अधिवेशन, १७० प्रदेशसभा निर्वाचन क्षेत्र र ८५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको छ ।

भौगोलिक अवस्था र स्थानीय सुविधालाई ध्यानमा राखेर अधिवेशन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको पोखरेलले बताए ।

बाह्रखरीसँग कुरा गर्दै उनले भने, “सर्कुलर गरेको निर्देशिकामा भौगोलिक अवस्था, जटिलता, त्यहाँको सुविधा हेरेर जिल्ला निर्वाचन अधिकृतले केन्द्रीय निर्वाचन समितिसँग समन्वय गर्न पाउने व्यवस्था छ । त्यसैलाई आधार मानेर मलाई सोधे र मैले पनि सुविधा र अनुकूलता हेरेर गर्दा हुन्छ भनेँ ।”

देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने घोषणा गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ