चन्द्रागिरि हिल्समा स्वामी कैलाशानन्दसहितको टोली

Thankot Times

थानकोट ।

स्वामी कैलाशानन्द गिरीले सोमबार चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् ।

कैलाशानन्दसहितका विशिष्ट पाहुनाहरूलाई चन्द्रागिरि हिल्सका प्रमुख कार्यकारी अधिकृत अरुण प्रधान, मुख्य बजार प्रबन्धक प्रभाकर खड्का लगायतले स्वागत गरेका थिए ।

भ्रमणको क्रममा स्वामी कैलाशानन्दले पर्यटकहरूका लागी चन्द्रागिरि हिल्स उत्कृष्ट गन्तव्य बन्न पुगेको भन्दै प्रशंसा गरे ।

कैलाशानन्दसहितको भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौं उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढ्नु अत्यन्तै स्मरणीय अनुभव भएको बताए । साथै, चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति गरेको उनले बताए ।

भ्रमणका क्रममा उनले मनमोहक दृश्य, शान्तिपूर्ण वातावरण तथा धार्मिक महत्त्व बोकेको चन्द्रागिरि हिल्स पर्यटनको एक उत्कृष्ट गन्तव्य रहेको बताए । यहाँको वातावरण, संस्कृति, र प्राकृतिक सुन्दरताले सबैलाई लोभ्याउने पनि उनले उल्लेख गरे ।

सो टोलीमा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड, उनकी पत्नी मन्जु खाँड लागयत समेत सामेल थिए ।

भारतको निरञ्जनी अखडाका प्रमुख स्वामी कैलाशानन्द गिरी नेपालका विभिन्न मठ मन्दिरमा पुगेर पुजाअर्चना गरिरहेका छन् । भारतका हिन्दु धर्मालम्बीहरूका लागि प्रमुख अखडा मानिने अखडाका प्रमुख गिरी वैशाख १५ गते नेपाल आएका थिए ।

उनी वैशाख २६ गतेसम्म नेपाल बस्नेछन् । 

भारतमा निरंजन पिठाधिश्वर श्री श्री १००८ आचार्य महामण्डलेश्वर पुज्य स्वामी कैलाशानन्द गिरी चिनिने उनीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सल्लाह लिने निकटस्थहरू बताउँछन् । 

गिरीलाई भारत पुगेको बेलामा अधिंकाशं नेपाली नेताले भेट्ने गरेका छन् । नेपालमा पनि उनलाई सुरक्षा प्रदान गरिएको स्रोतहरू बताउँछन् । गिरीलाई नयाँ दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बेलामा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितले स्वागत गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *