नागढुङ्गा नाकाबाट समातिए विवेक

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गास्थित प्रहरी चेकपोष्टबाट एक युवा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार मंगलबार बिहान मोरङबाट काठमाण्डौतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १३६४ नम्बरको यात्रुबाहक बसलाई प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार ईलाम नगरपालिका वडा नं.६ बस्ने बर्ष २४ को विवेक गुरुङलाई शंका लागी चेकजाँच गर्दा उनी बसेको सिटमा सेतो प्लाष्टिकले बेरी लुकाई छिपाई ल्याएको अवस्थामा प्रतिबन्धित लागूऔषध खैरो हिरोईन (ब्राउन सुगर) ५ ग्राम फेला परेको थियो ।

सो पछि विवेकलाई थप आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त थानकोट ल्याइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *