नागढुङ्गाबाट समातिए धादिङका सुमन

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गा नाकाबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ७ सय ग्रामसहित एक जना किशोर समातिएका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धादिङ थाक्रे गाउँपालिकाका सुमन तामाङलाई बिहीबार बिहान प्रहरीले सो पदार्थसहित पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५९९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

उनीमाथि प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भइरहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *