नेपाली काँग्रेसकाे राज्य प्रशासन विभागमा १० सदस्यहरू मनोनित

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको राज्य प्रशासन विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

शुक्रबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको नेपाली कांग्रेस राज्य प्रशासन विभागको सदस्यमा १० जना मनोनयन गरेका हुन् ।

विभागको सदस्यहरुमा विजयराज आचार्य (कास्की), डिल्लीप्रसाद शिवाकोटी (भक्तपुर), गोपालप्रसाद पोख्रेल (सुनसरी), अर्जुन साह (सप्तरी), थम्मनबहादुर खत्री (गुल्मी) मनाेनित भएका छन् ।

त्यस्तै रामबहादुर रोकाह (डोटी), मक्करबहादुर रावल (मुगु), गीता देवकोटा (चितवन), द्रोपदी वली (बाँके), तीर्थराज खनाल (झापा) भाविगको सदस्यमा मनोनित भएका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *