मन्त्रीपरिषद् बैठक स्थगित

Thankot Times

थानकोट ।

मन्त्रिपरिषद्को बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकले गभर्नर नियुक्त गर्नसक्ने बताइएको थियो।

सरकारले गत बुधवार गभर्नर सिफारिस समिति गठन गरेको थियो। समितिमा अर्थमन्त्री विष्णु पौडल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे छन्।

समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने र समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने तयारी भएको थियो। गभर्नर नियुक्ति नहुँदा सत्ताधारी दलको आलोचना हुँदै आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *