थानकोट ।
थानकोटस्थित आदिनारायण भजन मण्डलमा यही आइतबार (जेठ ११ गते) एक दिवसीय प्रवचन कार्यक्रम आयोजना हुने भएको छ ।
उक्त प्रवचन कार्यक्रममा प्रसिद्ध कथा वाचिका भागवत मन्जरी माता राधिका दासीको समेत उपस्थिति रहने आदिनारायण भजन मण्डलले जनाएको छ ।
थानकोट क्षेत्रमा धार्मिक, साँस्कृतिक तथा आध्यात्मिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको आदिनारायण भजन मण्डलले आयोजना गर्न लागेको सो एकदिवसीय प्रेरणादायक प्रवचन कार्यक्रममा राधिका दासीले जीवन परिवर्तनकारी विचार, प्रेरणा र आध्यात्मिक शिक्षाहरू प्रस्तुत गर्ने बताइएको छ ।
चन्द्रागिरि हाइकर्स कम्युनिटी लगायतका संस्थाले सो प्रवचन कार्यक्रमको व्यवस्थापन गर्नेछन् ।
अपरान्ह ३ बजेबाट सो प्रवचन कार्यक्रम सुरु हुनेछ ।