नेकपा एमाले प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटिको बैठक सतुङ्गलमा बस्दै

Thankot Times

थानकोट । 

नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडाैं जिल्ला कमिटिको वार्षिक क्यालेन्डर अनुसार जिल्लाका सबै प्रदेश सभा निर्वाचन क्षेत्रमा अाज बैठक बस्दैछ ।

सो पार्टीका काठमाडाैं जिल्ला कमिटि अध्यक्ष दिपक निराैलाका अनुसार काठमाडाैंका सबै २० वटै प्रदेश निर्वाचन क्षेत्रमा बैठक बस्नेछ । 

काठमाडाैं क्षेत्र नंं ९ १ को बैठक बहान ८ बजे २१ नं. वडा पार्टी कार्यालयमा बस्नेछ । अजय क्रान्ति शाक्यले सो बैठकको नेतृत्व गर्नेछन् । यस्तै शाक्यकै नेतृत्वमा बिहान ७ बजे क्षेत्र नं. ९ २ को बैठक स्यूचाटार पार्टी कार्यालयमा बस्नेछ । 

काठमाडाैं क्षेत्र नं. १० १ को बैठक दिउँसो २ बजे कीर्तिपुर गुसिङ्गलमा बस्दै छ भने क्षेत्र नं. १० २ को बैठक बिहन ७ बजे पार्टी कार्यालय सतुङ्गलमा बस्ने छ । 

यो क्षेत्रका दुवै बैठकको नेतृत्व सुरेन्द्र मानन्धरले गर्ने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *