सुमना श्रेष्ठको राजीनामा स्वीकृत

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ ।

आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।

श्रेष्ठले गत ४ वैशाखमा राजीनामा बुझाएकी थिइन् ।

प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले पार्टीको जिम्मेवारीमा भन्दा अहिले विधायकी भूमिकामा समय दिने भन्दै सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *