…अनि चन्द्रागिरि नगरको घाटा बजेट बहिष्कार गरिएको हो- नेकपा एमाले (प्रेस विज्ञप्ति)
थानकोट ।
गत आइतबार चन्द्रागिरि नगरपालिकाको १६औं नगर सभा अन्तर्गतको दोश्रो बैठकमा बजेट सेसन बहिष्कारको विषयमा नेकपा एमालेले आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
सो दलका चन्द्रागिरि नगर अध्यक्ष उत्तम बहादुर राउतले बुधबार साँझ सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै सो नगरको बजेट अधिवेशन बहिष्कार गर्नुपरेको विषयमा प्रकाश पारेका हुन् ।
नगरपालिकाले अध्ययन नगरी स्रोत पहिचान बिना हचुवाको भरमा बजेट प्रस्ताव गरेपछि एमाले आफ्नो पार्टीको तर्फबाट निर्वाचित उपप्रमुख लगायत कार्यपालिका सदस्यहरूले नगरसभा बहिष्कार गर्नुपरेको सो विज्ञप्तिमा उल्लेख छ ।
एमालेका अनुसार नगरमा आम्दानीभन्दा बढी खर्च गर्ने प्रस्ताव गरिएको छ, जुन नगरको वित्तीय अनुशासनविपरीत छ । चालू आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरूको ४० करोड रुपैयाँको भुक्तानी बाँकी रहँदा फेरि नयाँ योजना ल्याउनु गैरजिम्मेवार कदम भएको एमालेको भनाइ छ ।
बजेट निर्माणमा नगरप्रमुखले उपप्रमुखको नेतृत्वमा रहेको समितिलाई छलेर आफैं बजेट तयार गर्नु विधिविपरीत रहेको भन्दै पार्टीले आपत्ति जनाएको छ ।
हेर्नुहोस् नेकपा एमाले चन्द्रागिरि नगर कमिटिले बुधबार जारी गरेको प्रेस विज्ञप्ति जस्ताको तस्तैः


फाइल तस्बिरः नगरउपप्रमुख बसन्ती श्रेष्ठ गत आइतबार चन्द्रागिरि नगरपालिकाको १६औं नगर सभा अन्तर्गतको दोश्रो बैठकमा बजेट सेसन बहिष्कारपछि सञ्चारकर्मीहरूसँग बोल्दै












