सुनको मूल्यमा सामान्य गिरावट
थानकोट ।
आज सोमबार नेपाली बजारमा सुनको अघिल्लो कारोबार दिनको तुलनामा मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर कारोबार भएको हो ।
सोमबार छापावाल सुन तोलामा १ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको छ ।
हिजो आइतबार सुनको भाउ तोलाको १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज बजारमा चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ ।
हिजो आइतबार तोलामा २ हजार ३ सय ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य यसदिन तोलामा ५ रुपैयाँ बढेर तोलाको २ हजार ३ सय ५५ रुपैयाँ पुगेको छ ।












