तीजको दिन नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँ बढ्यो
थानकोट ।
नेपाली बजारमा मंगलबार (भदौ १०) सुनको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा एक हजार ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ७ सय रुपैयाँ कायम छ ।
सोमबार (भदौ ९) छापावाल सुन प्रतितोला एक लाख ९७ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ ।
चाँदी प्रतितोला दुई हजार ३ सय ६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
हिजो सोमबार चाँदी प्रतितोलाको दुई हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।












