सुनको मूल्य तोलाको एक लाख ९९ हजार पुग्यो

Thankot Times

थानकोट ।

आज भदाै ११ गते बुधबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोलामा ३ सय रुपैयाँ बढेको छ ।

यसदिन सुनको मूल्य तोलाको एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ९८ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

यसदिन चाँदी प्रतितोला दुई हजार ३ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला दुई हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *