नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान
थानकोट ।
नेपाली बजारमा कारोबार हुने यो साताको अन्तिम तथा छैटाैं दिन आज शुक्रबार सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ ।
यस दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको हो ।
हिजो (बिहीबार) सुनको भाउ प्रति तोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कायम भएको थियो ।
शुक्रबार बजारमा चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ ।
हिजो बिहीबार चाँदी प्रतितोला २ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएकोमा यसदिन २ हजार ४ सय ९० रुपैयाँ कायम छ ।
नेपाली बजारमा चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।












