झापा इनर्जीको आईपीओ खुल्यो, भदौ २४ गतेसम्म आवेदन दिन सकिने
थानकोट ।
झापा इनर्जीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ ।
कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि शुक्रबारदेखि निष्कासन भएको हो ।
आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई यसअघि नै आईपीओ बाँडफाँट भइसकेको छ । कम्पनीको कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँ छ ।
न्यूनतम १० कित्ता तथा अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । भदौ २४ गतेसम्म कम्पनीमा आवेदन दिन सकिनेछ ।
कम्पनीले झापाको शिवसताक्षी नगरपालिकामा १० मेगावाटको सौर्य विद्युत् आयोजना निर्माण गरेको छ ।
सो आयोजनाको कुल लागत ८७ करोड ९० लाख रुपैयाँ छ ।












