क्षतिग्रस्त भवनबाटै कान्तिपुर टेलिभिजनले सुरू गर्‍यो प्रसारण

Thankot Times

थानकोट ।

कान्तिपुर टेलिभिजनले आगजनीबाट क्षतिग्रस्त भवनबाटै प्रसारण सुरू गरेको छ।

पूर्णरूपमा नजलेको एउटा स्टुडियोबाट प्रसारण सुरू गरेको टेलिभिजनका पत्रकार डिपी उपाध्यायले जानकारी दिए।

त्यही एउटा स्टुडियोबाट प्रसारणको व्यवस्था गरिएको हो।

तर ब्याकग्राउन्डमा भने आगजनीबाट जलेका संरचना तथा गाडीहरूलाई राखिएको छ।

भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कान्तिपुर टिभीको भवनमा आगजनी गरिएको थियो।

आगजनीबाट टेलिभिजन प्रसारण रोकिएकोमा शुक्रबारदेखि सुरू गरेको हो।

प्रसारण सुरू गर्दा सामाजिक सञ्जालमा लाइभ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *