आज बजारमा सुनचाँदीकाे भाउ कति छ ?

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा एक हजार रुपैयाँले बढेर दुई लाख १६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा दुई लाख १७ हजार एक सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी ४५ रुपैयाँले घटेर दुई हजार ५५०रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *