आजदेखि सेयर कारोबार पुन: सुचारु हुँदै

Thankot Times

थानकोट ।

जेन-जी प्रदर्शनका कारण बन्द भएको सेयर कारोबार आजदेखि पुनः सुरु हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द भएको थियो ।

अवस्था सहज भए पनि सेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्सेको आलोचना हुँदै आएको थियो ।

बोर्डले मंगलबार पुनः निर्देशन दिँदै धितोपत्रको दोस्रो बजार कारोबार साबिक बमोजिम सञ्चालन गर्न निर्देशन दिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *