देउवाको टाउकोमा १२ वटा टाँका, बोल्दाबोल्दै थाक्ने समस्या देखियाे

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि आक्रमण हुँदा टाउकोको पछिल्लो भागमा चोट लागेको पाइएको छ ।

गर्दनभन्दा माथिल्लो भागमा लागेको चोटका कारण १२ टाँका लगाइएको नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । देउवाको सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

उनले दिएको जानकारीअनुसार, हालसम्म देउवालाई उपसभापति पूर्णबहादुर खड्काले मात्र भेटेका छन् । खड्काले शुक्रबारको कार्यसम्पादन समिति बैठकअघि गरेको ब्रिफिङअनुसार, टाउकोमा लागेको चोटमा १२ वटा टाका लगाइएको छ । र, गर्दनको पछिल्लो भागमा चोट लागेको छ ।

देउवाले अस्पतालभित्र सामान्य हिँडडुल थालेका छन् । तर, केहीबेर उभिएपछि चक्कर आउने, बोल्दाबोल्दै थाक्नेसहितका लक्षण बाँकी रहेकाले डाक्टरले तत्कालै निगरानीबाहिर जान नहुने सल्लाह दिएका छन् । त्यसैले अझै केही दिन देउवा डाक्टरको प्रत्यक्ष निगरानीमै बस्ने प्रमुख विश्वकर्माले जानकारी दिए ।

देउवाको घर जलाइएकाले डिस्चार्जअघि बस्ने ठाउँको टुंगो लाग्ने उनले बताए ।

पत्नी डा. आरजु राणाको भने चोटपटक लागेको विषय खुलाइएको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *