दशैंका लागि घर फर्कनेको ताँती, पछिल्लो २४ घण्टामा ४० हजार जनाले छाडे काठमाडौं
थानकोट।
दसैँका लागि घर फर्किनेको संख्या बढेको छ ।
घटस्थापनापछि काठमाडौंबाट घर फर्किनेको संख्यामा उल्लेखनीय वृद्धि भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता लोकेन्द्रसिंह गुरुका अनुसार, मंगलबार (हिजो) बिहान ६ बजेदेखि आज (बुधबार) बिहान ६ बजेसम्म ४३ हजार १३२ जनाले काठमाडौं छाडेका छन् ।
“पछिल्लो २४ घण्टामा ४० हजारभन्दा बढीले काठमाडौं छोडेका छन् ।
नयाँ बसपार्क, जडीबुटी, कोटेश्वरलगायत क्षेत्रमा सवारीसाधन र यात्रुको चाप बढेको छ । दसैँ भएकाले यो क्रम बढ्छ,” उनले भने ।

















