निवर्तमान गृहमन्त्री लेखकलाई मातृशोक
थानकोट ।
निवर्तमान गृहमन्त्री रमेश लेखककी आमा शारदादेवी लेखकको निधन भएको छ ।
बिहीबार अपराह्न ४ बजे उनको ८९ वर्षको उमेरमा निधन भएको हो ।
लेखकका स्वकीय सचिव जनक भट्टका अनुसार, दमबाट ग्रसित उनको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
रमेश लेखक उनका एकमात्र छोरा हुन् ।
उनका चार छोरी छन् ।

















