सागर डिस्टिलरीको आईपीओ बाँडफाँड मिति तय, २२ लाखको हात खाली हुने
थानकोट ।
सागर डिस्टिलरी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँड हुने मिति तय भएको छ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार दशैंअघि नै बाँडफाँट गर्ने भएको हो। सोही अनुसार, असोज १२ गते बिहान ९ः०० बजे बाँडफाँट हुने भएको हो।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजार ४९३ जनाले आवेदन दिएका थिए।
उपलब्ध शेयर मात्र १४ लाख ५२ हजार कित्ता भएकाले २२ लाख ३३ हजार ४२९ जनाको हात रित्तो हुने निश्चित भएको छ।
मागभन्दा बढी आवेदन परेको कारण बाँडफाँड गोलाप्रथाबाट हुनेछ। जसअनुसार १ लाख १९ हजार ६४ जनाले प्रत्येकी १०र१० कित्ताका दरले शेयर पाउनेछन्।
यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो।












