सामाजिक सञ्जालमा प्रधानमन्त्री कार्कीको फेक आइडी बनेपछि

Thankot Times

थानकोट ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी फेक आइडी बनाएर फेसबुक र ट्वीटरबाट समाचार पोस्ट गरेको पाइएको भन्दै आपत्ति जनाएको छ ।

साथै ती आइडीहरू फेक रहेको भन्दै कार्यालयका प्रवक्ता सहसचिव रविलाल शर्माले विज्ञप्ति जारी गरेर भ्रममा नपर्न अनुरोध गरेका छन् ।

शुक्रबार जारी विज्ञप्तिमा अब गैरकानुनी काम गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने उल्लेख छ ।

‘यस किसिमको गैरकानुनी कार्य गरेमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही हुने ब्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *