अल-जजिरासँग सुदन गुरुङको अन्तवार्ता, भने-प्रधानमन्त्री बन्न तयार छु
थानकोट ।
जेन–जी आन्दोलनका नेताका रूपमा चिनाइएका सुदन गुरुङले कतारी टेलिभिजन च्यानल अल–जजिरासँग अन्तर्वार्ता दिँदै आफू प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन् । अल–जजिराकी पत्रकार सान्द्रा गाथमनसँग कुरा गर्दै गुरुङले भनेका छन्, ‘हामी चुनाव जित्नेछौँ ।’
३८ वर्षीय गुरुङले पुराना दल फेरि चुनाव जितेर आए पनि आफूहरूले स्वीकार नगर्ने स्पष्ट पारे । दलका नेताहरूले ‘देश बेचेको’ आरोप लगाउँदै उनले आफूहरू भने देश बनाउन तयार रहेको दाबी गरे ।
चुनावमा कुन दल खोल्ने वा कसरी जाने भन्नेबारे उनले खुलाएका छैनन् । तर, राजावादीहरूले दलको झण्डा फालेर आए सहकार्य हुने बताएका छन् ।
किन डिस्कर्ड छानेर आन्दोलन सञ्चालन गर्नुभयो ? भन्ने प्रश्नमा गुरुङले हङ्कङ आन्दोलनबाट प्रहरी छल्ने तरिका सिकेको खुलासा गरे । डिस्कर्डको मतले प्रधानमन्त्री बनाउन सक्ने आधार नेपालमा ०.१ प्रतिशत मात्र भएको प्रश्नमा उनले जवाफ दिँदै भने, ‘सबैलाई खुसी बनाउन त सकिँदैन ।’

















